IME Life New

घट्दो क्रममा बैंकहरुको ब्याजदर, अन्तरबैंक दर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको माघमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको औसत ब्याजदर घटेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना माघसम्मको तथ्यांकले यस्तो देखाएको हो। माघमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ७.०१ प्रतिशत र कर्जाको औसत ब्याजदर ११.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष माघमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.४१ प्रतिशत र कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत थियो।

Esewa
Crest

माघमा विकास बैंकहरुको कर्जाको औसत ब्याजदर १२.८५ प्रतिशत र वित्त कम्पनीको १३.९३ प्रतिशत रहेको छ। माघमा निक्षेपको औसत ब्याजदर भने विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ।

माघमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.०६ प्रतिशत विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत थियो।

माघमा बैंकहरुको औसत अन्तरबैंक दर पनि घटेर ३.०४ कायम भएको छ। अघिल्लो वर्ष माघमा औसत अन्तरबैंक दर ५.२९ प्रतिशत थियो।

चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुको रु.२५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीचबाहेक) को रु.२ खर्ब ७६ अर्ब २६ करोड गरी कुल रु.२८ खर्ब ७२ अर्ब ४४ करोडको अन्तर–बैंक कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.२० खर्ब ५६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२ खर्ब ४ अर्ब १२ करोड गरी कुल रु.२२ खर्ब ६० अर्ब ५२ करोडको अन्तरबैंक कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS