IME Life New

ग्लोबल हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो शेयरको प्रत्याभूतिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको ५८ करोड ६० लाख शेयर पूँजी बराबरको १ सय रुपैयाँ अंकित दरको ५८,६०,००० कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट््स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS