IME Life New

‘ग्लोबल मनि वीक’ को अवसरमा सनी सेक्यूरिटिजद्वारा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनी सेक्यूरिटिजले २०७९ साल, चैत्र १० गते चितवन स्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सफलताका साथ सञ्चालन गरेको छ । ग्लोबल मनि वीक २०३२ को प्लान योर मनि, प्लान योर फ्युच भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी बिहान ७ देखि ९ बजेसम्म बालकुमारी कलेजमा र बिहान ९ः३० देखि ११ः३० सम्म प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा कुल एक सय ६ जनाको सहभागिता रहेको थियो।

उक्त तालिम कार्यक्रमहरूमा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फण्ड तथा ऋणपत्र, शेयर बजारका जोखिम तथा जोखिम न्यूनीकरण लगायतका विषयहरूको चर्चा गरिएको थियो । कार्यक्रम विशेष गरी दोस्रो बजारमा लागिसकेका तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गरे।

Esewa
Crest

साथै साइन्टिफिक विजनेश हव प्रा। लि। का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समय सापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले यस्ता तालिम कार्यक्रमहरू आयोजना गर्दै आएकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS