IME Life New

ग्लोबल आइएमई लघुवित्तको अधिकांश सूचकमा प्रगति, नाफा २००% ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
यस समिक्षा अवधिमा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २०० दशमलव ११ प्रतिशतले बढी हो ।

चुक्ता पुँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ४० करोड ३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको जगेडा कोषमा ७७ दशमलव १४ प्रतिशतले बढी होगत वर्ष रिजर्भमा २२ करोड ५९ लाख रुपैयाँ रहेको थियो।

Esewa
Crest

संस्थाको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१ दशमलव ७७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ७ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस समिक्षा अवधिमा संस्थाले १४ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाले ४ अर्ब २९ करोड रुपैयाँ सापटी लिई ७ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्षको सोही अवधिमा संस्थाले २ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ २७ पैसा रहेको छ। मूल्य आम्दानी अनुपात ४४.१८ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९२ पैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS