IME Life New

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता भएको छ । बैंक र संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुयितपुर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।

सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS