IME Life New

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ सम्बन्धी देशव्यापी अभियानको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ ।

Esewa
Crest

आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।

यस्तो समाजपयोगी कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, संचालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उपप्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिंग प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिंग प्रमुख प्रकाश पौडेल, कार्ड संचालन प्रबन्धक रुपेश शर्मा, संस्थागत सामाजिक उत्तरदायित्व तथा ब्रान्डिगं इन्चार्ज सुदर्शन राज गुरुङ, बनेपा शाखाका प्रबन्धक एकराज बर्तौला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारीहरु एवम् बनेपाका स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS