IME Life New

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको हो ।

बैंकको सो सभाले गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५ प्रतिशत नगद गरी कुल १३ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Esewa
Crest

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/ ७८को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक स्थापना कालदेखि नै सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS