IME Life New

ग्लोबल आइएमई बैंकको सम्पूर्ण कार्डमार्फतको कारोबार बुधबार १ घन्टा अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम/पीओएस सेवा बुधबार केही समयका लागि अवरुद्ध हुने भएको छ।

बैंकले आज एक सूचना जारी गर्दै बुधबार राति २ बजेदेखि राति ३ बजेसम्म करिब १ घन्टाका लागि सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम÷पीओएस सेवा हुने जानकारी गराएको हो। यो अवधिमा बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक सिस्टममा आवश्यक मर्मतसम्भार गरिने भएकोले ती सेवा अवरुद्ध हुनसक्ने बैंकले जनाएको छ।

Esewa
Crest

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न बैंकले आग्रह गरेको छ। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS