IME Life New

ग्लोबल आइएमई बैंकको नाफामा सामान्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकानश गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९ दशलमव ९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६ दशमलव १९ प्रतिशत बढेको छ। त्यसैगरी, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४७ दशमलव ३५ प्रतिशत र सञ्चालन मुनाफा ६ दशमलव ४२ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा २ दशमलव १ प्रतिशतबाट बढेर ४ दशमलव ३८ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ। ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा घटेर १३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४।७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS