IME Life New

ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता अनुसार ग्रीन भेन्चर्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु लक्ष्मी क्यापिटलले गर्नेछ ।

ग्रीन भेन्चर्स लिमिटेडले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS