IME Life New

ग्राहकलाई प्यान यथाशीघ्र अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन, २०५८ बमोजिम प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।

Esewa
Crest

बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ मा ट्याब गरी अनलाइनबाट नै प्यान अद्यावधिक गर्न सकिने व्यवस्था पनि बैंकले गरेको सूचनामा उल्लेख छ। ‘निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ’, सूचनामा भनिएको छ, ‘ग्राहकबाट प्यान अद्यावधिक भएपश्चात निजहरुको करकट्टीको विवरण (ई–टीडीएस) सो नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्दछ।’

यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने सूचनामा उल्लेख छ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले स्पष्ट पारेको छ। यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका नम्बरहरुमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS