IME Life New

ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामिण विकास लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २८ गते शनिवार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रस्ताव उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफारनोक्सान हिसाव तथा नगद प्रवाह विवरण (अनुसूची सहित) उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यस संस्थाको प्रवन्ध(पत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्नेजनाएको छ ।

सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवम् अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद गर्ने लगायतका कार्यहरुसँग सम्वन्धितआवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ,

त्यस्तै, सभाले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा कुनै संशोधन परिमार्जन थपघट वा परिवर्तन गर्नु पर्ने अवस्था भएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS