IME Life New

गौतम अडानीलाई अर्बौं डलरको घाटा लगाउने हिन्डनबर्गको सटर बन्द, के छ कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय धनाढ्य एवं व्यवसायी गौतम अडानीलाई अर्बौं डलर घाटा गराउने अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्च बन्द भएको छ।

कम्पनीका संस्थापक नाथन एन्डरसन आफैँले बन्दको घोषणा गरेका हुन्। यो कम्पनीले जनवरी २०२३ मा एक रिपोर्ट प्रकाशित गरेको थियो। जसमा अडानी समूहविरुद्ध विभिन्न आरोप लगाइएको थियो।

Esewa
Crest

अडानी समूहले यी आरोपलाई अस्वीकार गरेको थियो तर यसले समूहको मार्केट क्यापमा ठूलो गिरावट ल्यायो।

न्डरसनले कम्पनी बन्द गर्नुको कारण भने खुलाएका छैनन्। तर, यो निर्णय यस्तो समयमा लिइएको हो, जब डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रुपमा फर्किंदैछन्।

हिन्डनबर्ग रिसर्च यसको सर्ट सेल गतिविधिका लागि कुख्यात छ। अडानी र अन्य धेरै अरबपतिलाई यसले ठूलो नोक्सान पुर्याएको थियो।

कम्पनीका संस्थापक एन्डरसनले जनवरी १५ मा हिन्डनबर्ग बन्द गर्ने घोषणा गरेका हुन्। ‘मैले गत वर्षको अन्त्यमा परिवार, साथी र हाम्रो टोलीसँग यो कुरा शेअर गरेको छु कि मैले हिन्डनबर्ग रिसर्च बन्द गर्ने निर्णय गरेको छु’, एन्डरसनले भने।

एन्डरसनले रिसर्चको काम सकिएपछि कम्पनी बन्द गर्ने योजना रहेको बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS