IME Life New

गोरखामा १ लाख १५ हजार बढिले लिए राष्ट्रिय परिचयपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोरखा जिल्लामा परिचयपत्रका लागि विवरण संकलन कार्य सम्पन्न भएको छ । जिल्लाभरबाट १ लाख १५ हजार ९८७ जनाको विवरण संकलन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा दुई नगरपालिका र नौ गाउँपालिका रहेको छ । गत साउन १५ देखि सुरु भएको विवरण संकलन कार्य यहि पुष २५ गते सम्पन्न भएको हो । संकलन भएको विवरणमध्ये, गोरखा नगरपालिकाबाट १८ हजार ८३१, पालुङटार न.पाबाट १८ हजार ७४९, सिरानचोक गा.पाबाट ९ हजार ९८६, अजिरकोट गा.पाबाट५ हजार ५९८, आरुघाटबाट ८ हजार ८४, गण्डकी गा.पाबाट १३ हजार ६०२ जना, धार्चेमा ५ हजार ९०३ जनाले परिचयपत्रका लागि फारम भरेका थिए ।

Esewa
Crest

साथै भीमसेन थापा गा.पाबाट ६ हजार ६९५, बारपाक सुलिकोटमा ९ हजार ४८६, सहिद लखनउमा १४ हजार २९०, चुमनुव्रीमा २ हजार १३१ जना सहित अन्य २ हजार ४३२ जनाले परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS