IME Life New

गुराँस लाइफको भ्यालुएसन तयार, बैशाख दोस्रो साताबाट एकिकृत कारोबार गर्ने गरि सम्पुर्ण तयारी अगाडी बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को एक्चुरियल मूल्याङ्कन ‘भ्यालुएसन’ तयार पारेको छ । कम्पनीका एक्चुरीले भ्यालुएसन तयार पारिरहेकाले स्वीकृतिका लागि केहि दिनमै नेपाल बीमा प्राधिकरणमा पेश गर्ने तयारी रहेको छ ।

नेपाल बीमा प्राधिकरणले मर्जरलाई ध्यानमा राख्दै फाष्ट ट्र्याकमा पुनः मूल्याङ्कन गरेर स्वीकृत गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ । बीमा प्राधिकरणले एक्चुरियल मूल्याङ्कन स्वीकृत गरिसक्दा लेखापरीक्षण प्रतिवेदन पनि सँग सँगै तयार पार्ने जनाएको छ । यहि हिसावले कम्पनीले अवको १० दिन भित्रमा एक्चुरियल मूल्याङ्कन र लेखापरीक्षण प्रतिवेदनलाई अन्तिम रुप दिने जनाएको छ । यस्तो अवस्थामा कम्पनीले बैशाख १० गते भित्र साधारणसभा सम्पन्न गर्नेछ । यस्तो अवस्थामा कम्पनीले बैशाख दोस्रो साता भित्र एकिकृत कारोबार शुभारम्भ गर्ने योजना बनाएको छ ।

Esewa
Crest

एकिकृत कारोबारका लागि गुराँस सहित, प्राइम र यूनियन लाइफका प्रमुख कार्यकारी अधिकृतको संयुक्त कमिटी गठन गरिएको छ । जसको संयोजकमा मनोज लाल कर्ण रहेका छन् ।

यस समिहिले हिजो इन्द्रेणी फुड ल्याण्डमा तीन वटै कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरुको संयुक्त छलफल तथा बैठक सम्पन्न गरेको छ । मर्जर प्रयोजनका लागि तीन वटै कम्पनीका कर्मचारी सम्मिलित १०/१२ वटा कमिटी बनेका छन् । मर्जरका सम्पुर्ण कामहरु यहि कमिटी अवको १५ दिन भित्रमा टुङ्गाउने गरी काम गरिरहेको छ ।

तीन वटा कम्पनीहरु मध्येबाट कुन कुन बीमा पोलिसीलाई सुचारी गर्ने, कुन कुन पोलिसी बन्द गर्ने, कुन कुन शाखा मर्ज गर्ने, कुन कुन शाखा बन्द गर्ने, लगानी व्यवस्थापन लगायतका विषयमा टुङ्गो लगाउन छुट्टा छुट्टै कमिट बनाइएको छ । तीन वटा कम्पनी मर्जर भएर बन्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रवन्धपत्र, नियमावली, विनियमावली लगायतका सम्पुर्ण कानुन बनाउने काम पनि भइरहेको छ ।

गुराँस लाइफको भ्यालुएसनका कारण संयुक्त कारोबारको मिति सर्दै सर्दै आइरहेको छ । यस भन्दा अगाडी बैशाख एक गतेदेखि एकिकृत कारोबार गर्ने मिति ‍घोषणा गरिएको थियो । तर तीन वटै कम्पनीको समान आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार हुन नसक्दा मर्जरमा ढिलाइ भएको हो ।

आर्थिक वर्ष २०७७/७८ को पछि दुई आर्थिक वर्षको लेखापरीक्षण बाँकी रहन्छ यदि बैशाख महिनामा संयुक्त कारोबार भयो भने तीन वटै कम्पनीको लेखापरीक्षण प्रतिवेदन आगामी बैशाखसम्मको हकमा छुट्टा छुट्टै तयार पार्ने पर्नेछ । एकिकृत कारोबार पछि बल्ल एउटै लेखापरीक्षण प्रतिवेदन तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

13%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS