IME Life New

गुराँस लाइफका नव नियुक्त सिइओ विपिन कुमारले सम्हाले कार्यभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आजदेखि लागु हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

व्यवस्थापनमा स्नातकोत्तर गरेका लालले एलआइसी नेपालमा विभिन्न तहमा रहेर  १८ वर्ष  काम गरिसकेका छन् ।  लाल एलआइसी नेपालमा फाइनान्स हेड थिए । फाइनान्स हेड लाललाई कम्पनीले प्रदेश नम्बर दुईको प्रमुख बनाइदिए पछि असन्तुष्ट थिए ।

Esewa
Crest

एलआईसी नेपालको प्रमुख कार्यकारी अधिकृत सहित तीन जना भारतबाट आउने व्यवस्था छ । यसले गर्दा कम्पनीमा विगत लामो समयदेखि समस्या देखिदै आएको छ । भारतीय व्यवस्थापकलाई रिझाउन सक्ने कर्मचारीले उचित स्थान पाउने गरेको पाइन्छ । उच्च व्यवस्थापनमै भारतबाट तीन जना कर्मचारी आउदा कम्पनीको पोलिसी निर्माणदेखि लिएर रणनीति बनाएर कार्यान्वयनमा  समस्या देखिदै आएको छ । बीमा समितिले कम्पनीको सुधारका लागि उच्च व्यवस्थापन तहका विषयमा उचित निर्देशन दिनु पर्ने देखिन्छ ।

उनिसँगै बाग्मती प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका स्मृति राज कंर्डेल पनि गुराँस लाइफको डिसिओमा नियुक्त भएका छन् । उनले असोज महिनामै कार्यभार सम्लालिसकेका छन् ।

गुराँस लाइफले निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद भट्टराईको कार्यकाल बाँकी हुँदै गर्दा प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनका लागि विज्ञापन आह्वान गरेको थियो । कम्पनीको दवाव पछि भट्टराईले कार्यकाल दुई महिना बाँकी हुँदै गर्दा राजिनामा दिएर बाहिरिएका थिए ।

दुई चार दिन सञ्चालक समिति तथा उच्च व्यवस्थापन सँगको छलफल पछि मात्रै रणनीति बनाएर अगाडी बढ्ने लालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS