IME Life New

गुडविल फाइनान्सको स्थगित वार्षिक साधारणसभा अब माघ १५ गते हुने, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्स कम्पनीले स्थगित २९ औँ वार्षिक साधारणसभा पुनः आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (पुस २२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

यसअघि कम्पनीले यही पुस २९ गते वार्षिक साधारणसभा डाकेको थियो। तर, विशेष कारणले भन्दै कम्पनीले सभा स्थगित गरेको थियो।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने अजेन्डा रहेको थियो। उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई भने लाभांश वितरण नगर्ने निर्णय कम्पनीले गरेको थियो।

सभाले प्रबन्धपत्रमा उद्देश्य थप गर्ने र यसका लागि नियामकबाट कुनै निर्देशन वा सुझाव भएमा सोहीअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। एकजना महिलासहित संस्थापक शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन सभाले गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ यसअघि तोकिएको बुक क्लोजको मितिलाई कम्पनीलाई मान्यता दिएको छ। यसको मतलब कम्पनीले पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको छ। पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS