IME Life New

गुँरास लाइफको बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्ष २०७५ ७६ को दोस्रो त्रैमासको अवधिमा गुुँरास लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । चालु आवको पुष मसान्त सम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ६३ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ९५ करोड ७ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तको अन्त्य सम्ममा कम्पनीले ६८ करोड ७२ लाख २५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३५ करोड ८५ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले ५ हजार ३ सय ६१ वटा दाबीको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ हजार १९२ वटा दाबीको दाबी भुक्तानी गरेको थियो ।

Esewa
Crest

चालु आवको पुष मसान्त सम्ममा कम्पनीको भुक्तानी हुन बाकी रकम ३१ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाकी रकम ७४ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले १८ वटा दाबी भुक्तानी गरेको छैन् ।

कम्पनीको जगेडा कोष २४ प्रतिशतले बढेर २६ करोड ५२ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २१ करोड ३५ लाख ४७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी भने ५९ करोड ४० लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्ष २०७५ ७६ को दोस्रो त्रैमासको अवधि सम्ममा कम्पनीले ४ करोड ९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत आवको तुलनामा ७ दशमलव १३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ३ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १५० रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS