IME Life New

गरिमा विकास बैंकले ल्यायो स्वर्णिम निक्षेप योजना, यस्ता छन् विषेशता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ “स्वर्णिम निक्षेप योजना” सार्वजनिक गरेको छ । न्यूनतम एक हजारमौज्दातमा सुरु गर्न सकिने “स्वर्णिम निक्षेप योजना” एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो ।

बैंकका अनुसार यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाईदा लिन सकिनेछ । साथै, यस निक्षेप योजना अन्र्तगत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाईनेछ ।

Esewa
Crest

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११ दशमलव ५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएम मार्फत आफ्ना बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS