IME Life New

गरिब मुलुकको सहायताको लागी युएनडिपिले बीमा कार्यक्रम शुरु गर्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

न्यूयोर्क। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले वित्त क्षेत्र हबभित्र बीमा र जोखिम वित्त सुविधा (आईआरएफएफ) कार्यक्रमको घोषणा गरेको छ।  यो सुविधाले सामाजिक, आर्थिक, जलवायु र स्वास्थ्य सम्बन्धी प्रकोपहरुको उच्च जोखिमा रहेको कमजोर समुदायहरुलाई बीमा जोखिम बहन र वित्तीय जोखिमविरुद्ध सुरक्षाको माध्यमबाट सुदृढ बनाउनेछ ।

जर्मन सरकारले इन्सुरेसिलिन्स ग्लोबल पार्टनरशिपको भिजन २०२५ को वितरणलाई अगाडि बढाउनको लागी ३५ मिलियन अमेरिकी डलर सहयोग गरेको छ । इन्सुरेसिलिन्स ग्लोबल पार्टनरशिपको भिजन २०२५ संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन २०१९ मा पेश गरिएको थियो ।
युएनडिपिका अनुसार प्राकृतिक विपत्तिपछि पूनःस्थापनाको लागी विश्वको ७७ गरिब देशहरुलाई औसत २९ बिलियन डलर खर्च लाग्छ । यो लागतको ३ प्रतिशत मात्र बीमाले बहन गरेको हुन्छ । सन् २०२० मा मात्र, प्राकृतिक विपत्तिको कारण ९८० स्थानमा भएको क्षतिबाट २१० बिलियन अमेरिकी डलर भन्दा बढी नोक्सानी भएको थियो । कोरोना महामारीको कारण रोजगारको अवसर र आय श्रोत खुम्ंिचदा १५ करोड मानिसलाई गरिबिको सीमाभित्र धकेलेको छ ।

Crest

युएडिपिमका अुनसार यो कार्यक्रमले बीमा र जोखिम वित्तपोषण संकटको प्रभावबाट सम्पत्ति, जीवन र आजीविकाको रक्षा गर्नको लागी महत्वपूर्ण सुरक्षा कवच प्रदान गर्नेछ । आईआरएफएफ विश्वव्यापी रूपमा पाँच क्षेत्रहरुमा उपस्थित हुनेछ । साथै बीमाको माध्यमबाट गरिब र देशहरुलाई मानवीय प्रभावहरुलाई घटाएर, जलवायु परिवर्तन र अन्य आघातको प्रभावहरुको लागी अझ राम्ररी तयार रहनको लागी छिटो पूनःस्थापित हुनको लागी मानिसहरुको क्षमता निर्माण र सामुदायिक क्षमतालाई सुदृढ बनाउन मद्दत गर्दछ।

सन् २०२० मा मात्र १०० भन्दा बढी देशहरुमा २०० भन्दा बढी परियोजनाले इन्सुरेसिलिन्स ग्लोबल पार्टनरशिपमा योगदान पु¥याएका छन् । थप १३७ मिलियन मानिसहरुको सुरक्षामा योगदान गरेका छन्, आर्थिक सहयोग र विकासको लागी जर्मन आर्थिक सहायता तथा विकास संघीय मन्त्रालयका राज्य सचिव डा. मारिया फ्लाक्सबार्थले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS