IME Life New

गमगढी आगलागी : ३५ करोडकाे क्षति, ८० परिवार विस्थापित 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुगु। सदरमुकाम  गमगढीको तल्लो बजारमा मंगलबार राति भएकाे आगलागीबाट ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएकाे छ जिल्ला प्रहरी कार्यालय मुगुकाे तथ्यांक अनुसार उक्त आगलागीमा ८० परिवार विस्थापित भएका छन् ।

जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् । यस्तै पीडितले दिएकाे जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ ।
साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेकाे प्रहरीको भनाइ छ ।

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो।

Esewa
Crest

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्मल राहतस्वरुप वितरण गरेकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS