IME Life New

गभर्नर अधिकारीको निलम्बन मुद्दामा आज सर्वोच्चमा पेसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको मुद्दामा आज सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

न्यायाधीशद्वय डा. कुमार चुडाल र न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा यो मुद्दातको पेसी तोकिएको हो। यसअघि पटक–पटक यो मुद्दाको पेसी तोकिए पनि हेर्न नभ्याइने, हेर्न नमिल्ने तथा स्थगित हुँदै आएको थियो।

Esewa
Crest

२०७९ वैशाखमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । सरकारले आफूमाथि गैरकानुनी तरिकाले निलम्बन गरेको भन्दै अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

२०७९ वैशाख ६ मा न्यायाधीश हरि प्रसाद फुयालको इजलाशले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। फुयालको इजलाशले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्किएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS