IME Life New

गण्डकी विकास बैंकद्धारा बिद्यालयलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३१, बेगनास स्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेवल तथा कार्पेट लगाएतका सरसामाग्रीहरु रहेका थिए । यस सहयोगबाट विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास लिईएको छ ।

Esewa
Crest

उक्त कार्यक्रमको अध्यक्षता बैकका अध्यक्ष सुशिल गौचनले गर्नूभएको थियो भने बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा समेतको कार्यक्रममा उपस्थिती रहेको थियो । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै बैंकका अध्यक्ष सुशिल गौचनले विद्यालयलाई आवश्यक भएको फर्निचर सामाग्री सहयोग गर्न पाउँदा खुशि लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वीत भई रहदा बैंक स्वयंको गरिमा बढेको जनाएका थिए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS