IME Life New

गण्डकी प्रदेशमा १९.३%ले बढ्यो निक्षेप संकलन, मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ता १८ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेशमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकीको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरीय आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा गण्डकी प्रदेशमा निक्षेप संकलन १९.३ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७४ अर्ब ९० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो।

Esewa
Crest

त्यसैगरी समीक्षा अवधिमा कुल कर्जा लगानी ०.४ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ५५ अर्ब १५ करोड पुगेको छ। जसमध्ये कृषि क्षेत्रमा रु.३१ अर्ब ४५ करोड, औद्योगिक क्षेत्रमा रु. ३७ अर्ब ४८ करोड, सेवा क्षेत्रमा रु.१ खर्ब ११ अर्ब ९० करोड र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) रु.१ खर्ब ७१ अर्ब ८४ करोड प्रवाह भएको छ।

प्रतिवेदनका अनुसार २०८० असार मसान्तमा निक्षेपकर्ताहरुको संख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ६९ हजार ४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा २१.१ प्रतिशतले वृद्धि भएको थियो।

२०८० असार मसान्तमा यस प्रदेशमा इन्टरनेट बैंकिङको दर्ता संख्या २ लाख ११ हजार र मोबाइल बैंकिङ दर्ता गर्नेको संख्या २५ लाख १२ हजार पुगेको छ। यसमध्ये इन्टरनेट सेवा र मोबाइल बैंकिङको सक्रिय प्रयोगकर्ताको संख्या भने क्रमशः १.५ लाख र १८ लाख रहेको छ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट यस प्रदेशअन्तर्गतका राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरुमा सञ्चालित ९ नोटकोषहरुमा रु. १७ अर्ब ११ करोड फन्ड ट्रान्सफर भएको छ। अघिल्लो वर्ष सोही अवधिमा रु. १६ अर्ब ६६ करोड फन्ड ट्रान्सफर भएको थियो।

आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयबाट रु.३ अर्ब २० करोड २० लाख बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ। अघिल्लो वर्ष रु.१ अर्ब ५८ करोड बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको थियो।

कार्यालयमा प्राप्त कुल परिवत्र्य विदेशी मुद्रा मध्ये अमेरिकी डलर ४२.७५ प्रतिशत र युरो ३२.३२ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट भारतीय मुद्रा बिक्री ३६.५ प्रतिशत ले कमी भई रु.६ करोड ६ लाख बराबरको बिक्री भएको छ भने रु.२ करोड २२ लाख बराबरको भारतीय मुद्रा खरिद भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS