IME Life New

गणपति लघुवित्तको साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले पुस १७ गते आफ्नो वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले तनहुँको दुलेगौडा स्थित व्हाइट हाउस पार्टी प्यालेसमा सभा गर्ने जनाएको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, २०७८ साल आषाढ मसान्त सम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आर्थिक वर्ष २०७७/२०७८को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभाले लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/२०७९ को कारोवारको लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, हाल बहालवाला लेखापरीक्षक श्री पि.वाई.सि. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्स् पुनः नियक्तिका लागि योग्य संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने, सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको मनोनयन समर्थन गर्ने । स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले बोनस शेयर बमोजिमको पूँजीगत संरचना परिवर्तनका लागी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । साथै प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट स्वीकृत गराउने क्रममा कुनै थपघट गर्न वा सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तीक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसका आधारमन पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS