IME Life New

गठ्ठाघरमा भिजन सेक्युरिटिजले संचालनमा ल्यायो नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक व्रोकर नं. ३४) ले नियामक निकायहरुवाट अनुमती लिई शेयर वजारको ईतिहासमा भक्तपुर जिल्लामा पहिलो र उपत्यका भित्रको दोश्रो शाखा मध्यपुर ठिमी नगरपालिका वार्ड नं. ०३, गठ्ठाघरमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्धघाटन प्रतिनिभि सभा, संघिय सांसद माननीय हरि ढकालले गरेका हुन् ।

उक्त कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, मध्यपुर ठिमी नगरपालीकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्ण हरि आचार्य लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । यसै गरि यस कार्यक्रमको सभापतित्व भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख सञ्चालन अधिकृत श्री प्रकाश अधिकारीले गरेका थिए ।

Esewa
Crest

शेयर कारोवारमा जोखिम रहने र बजार बढ्ने/घट्ने भैरहने हुँदा शेयर किन वा बेच भन्ने जमातको पछि नगानी अध्ययन गरेर मात्र लगानी गर्न, धैर्यता राख्न र क्षमता अनुसारको लगानी गर्न लागानीकर्ताहरुलाई प्रमुख अतिथि माननीय हरि ढकालले सुझाव दिए ।

शेयर वजारमा हुने उतार–चढाव एक प्रकृयामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको, कम्पनीले शुरुको चरणमा सार्वजनीक निष्कासन जारी गर्दाको समयमा लगानी गर्दा समेत केहि मात्रमा जोखम रहने हुदाँ दोश्रो वजारमा कारोवार गर्दा थप अध्ययन तथा धैर्यताका साथ लगानी गर्नुपर्ने जस्ता विषयमा विशेष अतिथि पुर्ण प्रसाद आचार्यले आफ्ना भनाई राखेका थिए ।

साथै लगानीकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्ग लि.ले आफ्नो कार्यालय, सिंहदरवार र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टरको व्यकअप प्रणाली राखिएको र चार तहको सुरक्षा अवधारण लागु गरेको समेत बताए । यसै गरि मध्यपुर ठिमी नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडाका अध्यक्ष कृष्णहरि आचार्यले भक्तपुरमा शाखा विस्तार गरि शेयर कारोवार सेवा प्रवाह गरेकामा खुशी व्यक्त गर्दै उक्त शाखा तथा भिजन सेक्युरिटिज् प्रा.लि.लाई शुभकामना तथा उत्तरोत्तर प्रगतिको कमना व्यक्त गरे ।

धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फाल्गुण ४ गते देखि “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९” जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ ।

पुजीँ वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी प्रकृयाहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.ले उपत्यका भित्रको भक्तपुर जिल्लामा पहिलो शाखा खोल्ने ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । ग्राहक महानुभावहरुले देखाउनु भएको उच्च सद्भाव, माया र विश्वासका साथै नियामक निकायहरुवाट प्राप्त सहयोग, सुझाव र मार्गदर्शनवाट नै उपत्यका वाहिर सवै भन्दा धेरै ९ वटा शाखा तथा उपत्यका भित्र ललितपुर र भक्तपुर जिल्लामा समेत शाखा सञ्चालन गर्ने ब्रोकर कम्पनीको रुपमा स्थापित हुन सफल भएकोले यस प्रा.लि.को तर्फवाट सम्वद्ध पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS