IME Life New

गठबन्धन आवद्ध दलले उपनिर्वाचनमा सहकार्य गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ ।

गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन् ।

जारी विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ । ‘राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Esewa
Crest

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS