IME Life New

गज्जबको बीमा योजना ! चर्को घाममा काम गर्न नसक्नेलाई कम्पनीले दिन्छ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तापक्रम बढ्ने क्रम जारी छ। जलवायु परिवर्तनका कारण गर्मीयाममा तापक्रम बढ्न थालेपछि लाखौँ मानिसको जीविकोपार्जन संकटमा परेको छ।

छिमेकी मुलुक भारतमा एउटा गज्जबको बीमा योजना लागू गरिएको छ। जसअन्तर्गत यो चर्को गर्मीमा काम गर्न नसक्नेहरुलाई बीमा कम्पनीले पैसा दिने गरेको छ। विशेषगरी यो बीमा कार्यक्रम महिला लक्षित छ।

Esewa
Crest

चर्को घामबाट प्रभावित भारत हजारौँ महिलालाई बीमा कम्पनी आईसीआईसीआई लोम्बार्डले दैनिक ज्यालाको एउटा हिस्सा दिने जनाएको छ। यो कार्यक्रमले प्यारामेट्रिक बीमा प्रयोग गर्दछ। जसको भुक्तानी तब हुन्छ जब तामक्रम ४० डिग्रीभन्दा माथि हुन्छ।

गत महिना चर्को गर्मीमा भारतका २२ जिल्लाका ४६ हजारभन्दा बढी महिलालाई यस बीमा योजनाअन्तर्गत २ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरिएको थियो। यस कार्यक्रममा करिब ५० हजार महिला आबद्ध छन्।

स्वरोजगार महिला श्रमिक संघ (सेवा)ले बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रिमियमको एक भाग बीमा योजनामा आबद्ध महिलाहरुले तिर्छन् भने बाँकी भाग परोपकारले वहन गर्दछ।

भारतमा यो पायलट कार्यक्रम गत वर्ष सुरु गरिएको थियो र अप्रिल २०२५ सम्म चल्नछ।

क्लाइमेट रिसाइलेन्स अफ अल एउटा गैरनाफामुखी संस्था हो। जसले यस बीमा कार्यक्रमलाई समर्थन गर्दै आएको छ। यसका सीईओ क्याथी बाघम्यान म्याकलियोडले कार्यक्रम सफल भएको बताइन्। संस्थाले यस बीमा कार्यक्रमलाई विश्वका अन्य भागमा विस्तार गर्ने योजना बनाएको छ। उनले भारतीय कार्यक्रमलाई सहयोग गर्ने कोषकर्ताले आगामी केही वर्षसम्म निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

यस बीमा योजनाको अन्तिम लक्ष्य सेवामा आबद्ध २९ लाख सदस्यलाई कभर गर्ने र पूर्ण रुपमा प्रिमियम तिर्ने महिलाद्वारा वित्तपोषित गर्ने हो। सेवाका महासचिव रीमा नानावटीले भनिन्, ‘गरिब महिलाले सधैँ परोपकार चाहँदैनन् भन्ने हाम्रो अनुभव हो। जब यो कार्यक्रमले उनीहरुको महत्वपूर्ण आवश्यकता पूरा गरिरहेको छ, म विश्वस्त छु कि महिलाहरुले कार्यक्रममा योगदान गर्न थाल्नेछन्।’

नानावटीले यस योजनामा प्रत्येक महिलाको मासिक १ दिनको ज्यालाबराबरको प्रिमियम हुने बताइन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS