IME Life New

गजुरेलको अध्यक्षतामा जाम नेपालको नयाँ कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोवाइल मोविलिटी (जाम नेपाल) को अध्यक्षमा मेरो अटोका सागर गजुरेल चयन भएका छन् । जाम नेपालको बिहीबार सम्पन्न साधारण सभा तथा अधिवेसनले गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा आर्थिक आवाजका सुरेन्द्र पौडल, महासचिवमा अटोमोवाइल म्यागेजिनका तोयानाथ पौडेल, सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ, कोषाध्यक्षमा नेपाल खवर डटकमका वसन्त अर्याल चयन भएका छन् ।

Esewa
Crest

साथै, सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी, क्लिकमाण्डु डटकमकी आरिश्मा मोक्तान चयन भएका छन् ।

जाम नेपालको नवनिवार्चित कार्यसमितिको पदावधि २ वर्षको हुनेछ । जाम नेपालका निवर्तमान अध्यक्ष उज्ज्वलजंग शाह स्वतहः कार्यसमितिमा नै रहने छन् । निवर्तमान अध्यक्षसहित जाम नेपालको कार्यसमिति १३ सदस्यीय रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS