IME Life New

खुकुलो मौद्रिक नीति आएसँगै शेयर बजारमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खुकुलो मौद्रिक नीति आएसँगै शेयर बजारमा उछाल आएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघिसम्म २० अंकले बढेको बजार मौद्रिक नीति सार्वजनिक भएपपछि ४३ अंक बढेको छ। आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव २४ अंकले बढेर २,२२७ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मौद्रिक नीतिले शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै यस दिन बजार बढ्न पुगेको हो। आज १९९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६६ वटा कम्पनकिो १२ लाख २ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १२ कोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था र चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । लिवर्टी इनजीसर््का लगानीकर्ताले ९ दशलमव ९७ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइविएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS