IME Life New

खारेज भएको बैंकास्योरेन्स ब्यूताउँन बैंकर्स संघको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघले खारेज भएको बैंकास्योरेन्स ब्यूताउँन माग गरेको छ । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकमा सुझाव पेश गर्दै विवादित बैंकास्योरेन्स ब्यूताउँन माग गरेको हो । गत वर्ष सरकारले मौद्रिक नीतिमार्फत बैंकास्योरेन्स कारोबार खारेज गरेको थियो ।

राष्ट्रिय स्तरको बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक हुनुपूर्व सरकारलाई सुझाव दिँदै बैंकास्यारेन्स सेवा फेरि सुरु गर्न माग गरेको हो । बैंकर्स संघले पटक पटक खारेज भएको बैंकास्योरेन्स पुनः सुचारु गर्न माग गर्दै आएका छन् । बैंकहरुले ऋणीलाई दवाव दिएर बीमा गराउन थालेपछि अर्थमन्त्रालयकै पहलमा मौद्रिक नीतिमार्फत सरकारले बैंकास्योरेन्स खारेज गरेको थियो ।

Esewa
Crest

बैंकसं संघले राष्ट्र बैंकमा बुझाएको सुझावमा स्प्रेडदर राष्ट्र बैंकले तोक्ने व्यवस्था हटाउनुपर्ने, बैंकलाई प्राईसिङ गर्ने स्वतन्त्र अधिकार दिनुपर्ने, स्थानीय तहका बैंक खातामा रहेको रकमको ५० प्रतिशत रकम तरलता गणना गर्ने व्यवस्थालाई शत प्रतिशतमा पुर्याउनुपर्ने, सिआरआरको न्यूनतम सीमा ७० प्रतिशतबाट घटाएर ५० प्रतिशत कायम गर्नुपर्ने, ब्याजदर करिडोर लागूपर्ने, हाल सीसीडी अनुपातलाई खारेज गर्नुपर्ने लगायतका माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS