IME Life New

खल्तीबाट बस टिकट खरिद गर्दा स्मार्टफोन जित्न सकिने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ । खल्ती मार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली बिजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ गतेदेखि कार्तिक २६ गतेसम्म लागु हुनेछ।

यस अघि पनि भाद्र १९ गते देखि असोज १८ गतेसम्म दशैंको समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए। यस अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानी प्रति प्रोत्साहित गर्ने उद्देश्यले संचालन गरिएको थियो भने यो अफर पुनः असोज २७ गतेदेखि कार्तिक २६ सम्म थप गरिएको छ।

Esewa
Crest

अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाईड हुन जरूरी छ। खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन यो अफर ल्याएका हौं।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS