IME Life New

खराब कर्जा बढ्दा फरवार्ड माइक्रोफाइनान्स घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ। संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.८१ प्रतिशत थियो। खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढेर ३७ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा इम्पेयरमेन्ट चार्ज २१ करोड ३५ लाख रुपैयाँ छुट्याइएको थियो।

Esewa
Crest

संस्थाको खुद ब्याज आम्दानी ०.०१ प्रतिशतले बढेर ५६ करोड ९९ लाख ८० हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५६ करोड ९९ लाख ४७ हजार रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले २ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म संस्थालाई १ करोड ९३ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म १७ लाख ७१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाले ५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार २३.८० प्रतिशतले बढेर १ अर्ब २२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

अघिल्लो वर्ष रिजर्भमा ९८ करोड ८० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ४२ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ७२ करोड ४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.९० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस २३.५० रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ २५६.०१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS