IME Life New

खराब कर्जा चुलिँदा पनि युनिक नेपाल लघुवित्तको नाफामा उछाल, ईपीएसमा पनि ६२.८५% को छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ।

संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.९२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ७.३७ प्रतिशत थियो। खराब कर्र्जा मेन्टेन गर्न संस्थाले ३ करोड ९९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

Esewa
Crest

खराब कर्जा बढ्दा संस्थाको खुद ब्याज आम्दानी भने ११.८३ प्रतिशतले घटेर ११ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १३ करोड ४० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको नाफामा उल्लेख वृद्धि भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा नाफा ११८.८२ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १३०.५८ प्रतिशतले बढेर ४ करोड ५९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ९९ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १४ करोड ८५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १९.९७ प्रतिशतले बढेर १८ करोड २५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ करोड २१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६२.८५ प्रतिशतले बढेर २२.३६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १३.७३ रुपैयाँ थियो। पीई रेसियो ४९.९५ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ ३२५.६४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS