IME Life New

क्लासिक टेकले वर्ष दिनमै गर्याे ८७ कराेडकाे काराेबार, रू. १ अर्ब कर्जाका लागी पायाे रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं। इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले गत आर्थिक वर्ष २०७८।७९ मा ८७ कराेड ५० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे छ। ग्राहक स‌ंख्याका आधारमा चाैथाे ठूलाे इन्टरनेट सेवा प्रदायककाे रूपमा रहेकाे क्लासिक टेकले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा ५ प्रतिशतकाे झिनाे अन्तरले काराेबार रकम वृद्धि गरेकाे छ।

अघिल्लाे आवमा क्लासिक टेकले कूल ८३ कराेड ७० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे थियाे । आव २०७६।७७ मा यसकाे जम्मा वार्षिक आय ६८ कराेड ७० लाख रुपैयाँ मात्र थियाे । कम्पनीले आव २०७८।७९ काे अपरिष्कृत वित्तीय विवरणका आधारमा काराेबार अ‌ंक निर्धारण गरिएकाे हाे ।

Esewa
Crest

रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार गत असार सम्ममा क्लासिक टेकले ग्राहक संख्याकाे आधारमा इन्टरनेट सेवा बजारमा १०.३० प्रतिशत हिस्सा ओगटेकाे छ। याे कम्पनीसँग २०७८।७९ काे असारमसान्तसम्ममा २ लाख ३० हजार ग्राहक थिए । बिक्री पछिकाे उत्कृष्ट ग्राहक सेवाका कारण क्लासिक टेककाे ग्राहक बाहरिने स‌ंख्या ज्यादै न्यून रहेकाे समेत केयर रेटिङले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ।

आर्थिक वर्ष २०७६।७७ देखि पुराना ग्राहकलाई सन्तुष्ट पार्नका लागी विशेष प्राथमिकता दिएकाे क्लासिक टेककाे पुराना ग्राहकमध्ये सेवा त्याग्ने ग्राहककाे स‌ंख्या ८.६२५ प्रतिशत मात्र रहेकाे विज्ञप्तीमा उल्लेख छ। पुराना ग्राहकलाई रिझाउन सफल भएकाले क्लासिक टेकले प्रतिस्पर्धी बजारमा पनि काराेबारमा क्रमशः सुधार गर्दै लगेकाे छ। क्लासिक टेकले सस्ताे मूल्यमा उच्च गतिकाे इन्टरनेटकाे प्रचार गर्दै वार्षिक ग्राहक प्याकेजकाे बिक्रीलाई प्राथमिकता दिने गरेकाे छ।

क्लासिक टेकले १ अर्ब २९ कराेड रूपैयाँ बैंक कर्जा सुविधाका लागी क्रेडिट रेटिङ गराएकाेमा केयर रेटिङले करिब ७९ कराेड दीर्घकालीन कर्जाका लागी केयर एनपि डब्बल बि र ५१ कराेड रूपैयाँ अल्पकालीन कर्जाका लागी केयर एनपि एफाे रेटिङ दिएकाे छ। याे रेटिङले समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा सम्बन्धित कम्पनी मध्यम स्तरकाे जाेखिमकाे अवस्था जनाउँछ।

क्लासिक टेककाे ग्राहक संख्यामा अधिकांश घरायशी प्रयाेगकर्ता रहेका छन् । कम्पनीले पछिल्लाे समयमा संस्थागत ग्राहकमा सेवा बिस्तार गर्ने प्रयास गरेपनि अझै सफलता पाउन सकेकाे छैन।

 

नेट टिभीका ग्राहक हैरान

क्लासिक टेकले इन्टरनेटसँगै नेट टेलिभिजन समेत बिक्री गरिरहेका प्रतिस्पर्धीकाे सामना गर्नका लागी प्रभू टिभीसँग सहकार्य गरेर क्लासिक नेटकाे नेट टिभि प्रयाेगकर्ताहरु खराब सेवाका कारण आजित छन् । पीडित ग्राहकका अनुसार हरेक दाेश्राे वा तेश्राे दिनमा टिभीकाे सफ्टवेयरले अपडेट माग्ने समस्याका कारण झण्झट व्यहाेर्नु परेकाे हाे । नेट टिभीकाे यस्ताे समस्याबारे कल सेन्टरमा जानकारी गराउँदा एक दुई दिनका लागी समस्या नहुने भएपनि पछि पुनः उही समस्या दाेहाेरि रहने भएकाले ग्राहकहरु इन्टरनेट सेवाकाे विकल्पबारे साेच्न बाध्य हुनु परेकाे गुनासाे गरेका छन् । प्रभू टिभीले टिभी सम्बन्धी प्राविधिक समस्यासम्बन्धी ग्राहक सेवा प्रदान गर्ने भएकाले पनि क्लासिक टेकका ग्राहकलाई समस्या व्यहाेर्नु परेकाे अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS