IME Life New

क्रिष्टल पावर डेभलपमेन्ट र ग्लोबल आइएमई क्यापिटल बिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लि. ले पहिलो पटक संस्थागत परामर्श कर्पाेरेट एडभाइजरी सेवा अन्तर्गत बिजनेश कन्सेप्ट टु लिसनिङ सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत क्रिष्टल पावर डेभलपमेन्ट र ग्लोबल आइएमई क्यापिटलबिच सम्झौता भएको हो ।

उक्त सेवा अन्तर्गत ताप्लेजुङ्गमा क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि. द्वारा निर्माण गर्न लागिएको सुपर तमोर हाइड्रोईलेक्ट्रिक आयोजना (१६६ मेगावाट) को लागि उक्त कम्पनी र ग्लोबल आइएमई क्यापिटलबीच विजनेश कन्सेप्ट टु लिसनिङ नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।

Esewa
Crest

ग्लोबल आइएमई क्यापिटलले यस सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणा, बिजनेश अवधारणालाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउनेछ । साथै निकट भविष्यमा प्राइभेट इक्युटी, भेन्चर क्यापिटल सम्बन्धी कार्यहरु गर्ने योजना रहेको छ । साथै, पब्लिक कम्पनीमा परिणत गरिदिने, पब्लिक कम्पनीमा परिणत हुँदाको बखत रेगुलारिटी फ्रेमवर्क अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुरयाउने कार्यहरु समेत गरिने जनाएको छ ।

त्यसैगरीक्यापिटलले बिजनेश कन्सेप्ट टु लिसनिङ सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुर्याउन सहकार्य गर्ने ग्लोबल आइएमईले जनाएको छ ।

साथै, क्यापिटलले उक्त क्रिष्टल पावर डेभलपमेन्ट प्रा.लि.लाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ । ग्लोबल आइएमई क्यापीटलले बिजनेश कन्सेप्ट टु लिसनिङ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आइपीओ जारी लिस्टिङसम्मको कार्यलाई एकीकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने ग्लोबल आइएमईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS