IME Life New

क्रिप्टो करेन्सी गैरकानुनी भएको भन्दै यस्तो कारोबार नगर्न बैंकर्स संघको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार, व्यवसाय गैरकानूनी रहेको भन्दै यस्तो कार्य नगर्न सबैलाई अपिल गरेको छ ।

संघले नेपालमा विदेशी विनिमय वा मुन्द्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको भन्दै यस्तो कारोबार नगर्न अनुरोध गरेको छ । क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने भन्दै संघले सर्वसाधारण सबैलाई जानकारी गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS