IME Life New

क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युटले ब्रोकर नं. २२ का कर्मचारीलाई दियो तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युटको आयोजनामा भाद्र २९ गते शुक्रवार स्टक व्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. २२) का कर्मचारीहरुलाई तालिम दिने कार्य सफलतापुर्वक सम्पन्न भएको छ । नेपालको पुँजीवजार संग आवद्ध रहेका नियामक निकायहरु, स्टक व्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट वैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृतीविकासमा महत्व पुर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित यस ईन्स्टिच्युटले दोस्रो कार्यक्रमको रुपमा सिप्रबी सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. २२) मा कार्यरत कर्मचारीहरुलाई आफ्नो हलमा तालिम दिने कार्य सम्पन्न गरेको हो ।
उक्त तालिममा पहिलो सत्रमा एचआर ट्रेनर बिकाश लामाले कर्मचारी र संगठनको सम्बन्ध,कर्मचारीको उत्प्रेरणा , बिकाश र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भुमीकाको बारेमा प्रशिक्षण दिएका थिए । दोश्रो सत्रमा इन्टरनेशनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले ग्राहकहरु संगको सम्वन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
तालिममा उक्त प्रा.लि.का १५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । नेपालको पुँजीबजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवाप्रवाह गर्न कर्मचारीहरुको वृतीविकास गर्नु पर्ने नियमकीय प्रावधान समेत रहेको छ ।
क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टीच्युटले सिप्रबी सेक्युरिटिज् प्रा.लि. संग समन्वय गरि यस यस प्रकारको तालिम आयोजना गरेकोमा एचआर ट्रेनर बिकाश लामाले सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरे । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै संघ संस्थाहरुमा संस्थागत तालिमकर्ताको रुपमा प्रशिक्षण दिएता पनि ब्रोकर कम्पनीका कर्मचारीहरु संग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा इन्टरनेशनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले खुसी हुदै धन्यवाद व्यक्त गरिन् ।
 सोहि कार्यक्रममा सिप्रबी सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष जयन्त श्रिवास्तबले दुवै जना प्रशिक्षकहरुलाई धन्यवाद दिदै यस्ता प्रकारका कार्यक्रमहरुले सम्वद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुदाँ यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS