IME Life New

क्यापिटल न्यूज नेटवर्क छैठौं वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको सामाजिक आर्थिक विकासमा बीमा क्षेत्रको महत्वलाई आत्मसाथ गर्दै स्थापना भएको संचार गृह क्यापिटल न्यूज नेटवर्क प्राइभेट लिमिटेड आजबाट पाँचौं वर्ष पुरा गरी छैठौं वर्षम प्रवेश गरेको छ । क्यापिटल न्यूज नेटवर्क २०७४ साल पुस १७ गते अर्थात् १ जनवरी, २०१८ मा स्थापना भएको हो । बीमा क्षेत्रको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर समाचार, विचार, विश्लेषण र आलोचनात्मक टिप्पणी पस्किने न्यूज पोर्टल इन्स्योरेन्स खबर डटकमको प्रबर्द्धक कम्पनी क्यापिटल न्यूज नेटवर्क हो। छैठौं वर्ष प्रवेशको शुभारम्भमा यस कम्पनीलाई डोर्याउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने हाम्रा सम्पूर्ण आम पाठक,दर्शक, बीमा कम्पनीहरु, नियामक निकाय, शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै बीमा क्षेत्रले नीतिगतरुपमा केही सकारात्मक परिवर्तन्को साक्षी बन्ने अवसर पाउने चौतर्फी अपेक्षा छ । नियामक नेपाल बीमा प्राधिकरणले पाएको नयाँ नाम र आवरणलाई सार्थक बनाउन सकोस् भन्ने हाम्रो शुभेच्छा छ । मुलुकको समाज र राजनीति जस्तो छ, नियामक निकाय पनि त्यसको सकारात्मक, नकारात्मक प्रभावबाट अछुतो रहन नसकेको जगजाहेर छ ।

Esewa
Crest

बीमा कम्पनीहरु सामू नियामक पूँजी जुटाउनको लागी गर या मरको स्थिति कायमै रहँदा एक दर्जन् भन्दा बढी नयाँ कम्पनीको लाइसेन्स वितरणको प्रपञ्च जारी छ । बीमा प्राधिकरणले नीतिगत व्यवस्थामार्फत् बीमा कम्पनीहरुको दैनिक कार्य संचालन लगायतको काममा सुक्ष्म निगरानी तथा हस्तक्षेप गर्ने भूमीकालाई क्रमशः कटौती गर्दै लग्नु प्रशंसनिय भएपनि अधिकांश बीमकको आन्तरिक सुशासन फितलो अवस्थामा छ । एउटै व्यक्ति झस्केलाबाट संचालक समितिमा दोहोरि रहँदा बीमकको आन्तरिक नियन्त्रण प्रणालीमा त्यसले दूरगामीरुपमा नकारात्मक प्रभाव पार्छ भन्ने सामान्य नागरिकले समेत हेक्का राख्न सक्छ । आफैंले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका अनुरुप बीमकको संचालक समिति सदस्यको कार्यकाल सम्बन्धी प्रावधान पूर्ण कार्यान्वयन गर्न नसक्नु नियामकको लागी लाजमर्दो हो । नियामकीय कमजोरी उदांगो पार्ने यो एउटा उदाहरण मात्र हो । यस्ता थुप्रै विकृति नियामकले बोक्दै घस्रिरहेको छ । बीमा नियामकबाट रचनात्मक र प्रशंसायोग्य भूमीकाको अपेक्षा छ ।

वार्षिकोत्सवका अवसरमा क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले बीमा नियामकलाई खबरदारी गर्दै समग्र बीमा क्षेत्रको सुधारमार्फत बृहत्तर आम हितमा केन्द्रित गर्ने ध्येयका साथ लागी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष भण्डारीले आम पाठक,दर्शक, बीमक, नियामक निकायको आलोचनात्मक सुझाव, विज्ञापनदाता, सहकर्मी र शुभेच्छुकहरुको अमूल्य सहयोगबाट आगामी दिनमा कम्पनीलाई अझै बिस्तारित गर्न महत्वपूर्ण उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS