IME Life New

क्यापिटल न्युज नेटवर्क सातौं वर्षमा, बीमा क्षेत्रको प्रवर्द्धनका लागि खबरदारी जारी रहने प्रतिबद्धता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको सामाजिक आर्थिक विकासमा बीमा क्षेत्रको महत्वलाई आत्मसाथ गर्दै स्थापना भएको संचार गृह क्यापिटल न्यूज नेटवर्क प्राइभेट लिमिटेड आजबाट ६  वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । क्यापिटल न्यूज नेटवर्क प्रालि २०७४ साल पुस १७ गते अर्थात् १ जनवरी, २०१८ मा स्थापना भएको हो । बीमा क्षेत्रको व्यवसायीक प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर बीमा शिक्षा, जागरण, समाचार, विचार, विश्लेषण र आलोचनात्मक टिप्पणी पस्किने न्यूज पोर्टल इन्स्योरेन्स खबर डटकमको प्रबर्द्धक कम्पनी क्यापिटल न्यूज नेटवर्क हो। सातौं वर्ष प्रवेशको शुभारम्भमा यस कम्पनीलाई यहाँसम्म ल्याई पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण पाठक, बीमा कम्पनीहरु, नियामक निकाय, शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।

बीमा ऐन २०७९ को प्रावधानले बीमा क्षेत्रमा स‌ंस्थागत सुशासनको पक्षमा बाध्यकारी सुधारको वातावरण सिर्जना गरेको छ। नियामकका कर्मचारीसँग निकटको सम्बन्ध भएकै कारण कानूनी कारवाहीमा मोलाहिजा हुने अवस्थालाई केही हदसम्म भएपनि यो ऐन कार्यान्वयनले अ‌ंकुश लगाई दिएको छ। ऐन कार्यान्वयनको मुख्य जिम्मेवारी बोकेको नियामक नेपाल बीमा प्राधिकरणले ऐनले दिएका अधिकारहरुलाई पूर्णरुपमा अभ्यास गर्न बाँकी नै छ।

Crest

यो वर्ष प्राधिकरणले एकातिर सातवटा नयाँ बीमा कम्पनीलाई इजाजत पत्र वितरण गर्यो भने अर्को तिर पुराना कम्पनीलाई नियामक पूँजी जुटाउनको लागि आपसमा मर्जरको विकल्प रोज्न बाध्य बनायो। नियामकको यो विरोधाभाषपूर्ण कदम मुलुकको राजनीतिबाट कतिको प्रभावित थियो भन्ने विषय सार्वजनिक जानकारीमै छ। पुराना बीमा कम्पनीबीचको मर्जरले वित्तीय सबलतासँगै जोखिम बहनको क्षमता बढाए पनि नयाँ कम्पनी थपिएसँगै स्वयम् प्राधिकरण नियामकीय अभ्यानमा कति खरो उत्रिने हो त्यो यक्ष प्रश्न रहेको छ। बीमा उद्योगको सुदृढीकरणका लागि अनलाइन परिक्षा प्रणालीको शुरुवातसँगै अभिकर्ता इजाजत पत्र वितरणमा शुरु गरिएको कडाई सकारात्मक कदम हो ।

बीमा व्यवसायको आकार बढ्दै जाँदा बीमाकोष र बीमकले बोक्ने जोखिमको आयतन पनि बढ्दै गएको छ। योसँगसँगै बीमकको आन्तरिक सुशासन र सञ्चालन जोखिम पनि जटिल बन्दै गएको छ। लगानी प्रवर्द्धनका लागि नीतिगत व्यवस्थामार्फत् बाटो खुल्ला गरिदिएसँगै केही बीमा कम्पनीहरु घाटामा रहेका र जोखिमका हिसाबले अत्यन्त स‌ंवेदनशील क्षेत्रमा धमाधम लगानी गरिरहँदा नियामकको हैसियतमा प्राधिकरण रमिते बन्न थालेको आभाष यो उद्योग प्रति चासो राख्ने जोकोहीले गर्नु स्वाभाविक हो । बीमा कम्पनीले जथाभावी जोखिम मोल्दै लगानी बढाउँदै जाँदा घाटाका कारण जीवन बीमा कोष खुम्चिएर गयो भने ब‌ंगलादेशमा जस्तो नेपालमा पनि बीमा कम्पनीले दाबी भुक्तानी गर्न नसक्ने अवस्था नआउला भन्न सकिन्न। प्राधिकरणले बीमकको सञ्चालकको स्वार्थ पृष्ठपोषण गर्ने नभई बीमितको स्वार्थलाई शीर्ष स्थानमा राखेर नीतिगत निर्णय लिनुपर्छ।

वार्षिकोत्सवका अवसरमा क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले बीमा क्षेत्रको उन्नयनका लागि बीमा नियामक र बीमकलाई समेत खबरदारी गर्दै समग्र बीमा क्षेत्रको सुधारमा केन्द्रित रहने ध्येयका लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष भण्डारीले आम पाठक, बीमक र नियामक निकायको सुझाव, विज्ञापनदाता, सहकर्मी र शुभेच्छुकहरुको अमूल्य सहयोगबाट आगामी दिनमा कम्पनीलाई अझै उचाईमा लैजान महत्वपूर्ण उर्जा प्राप्त भइरहने विश्वास व्यक्त गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS