IME Life New

क्यापिटल न्युज नेटवर्क आठौँ वर्षमा, वित्तीय साक्षरतामा जोड दिने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आमसञ्चारका माध्यमबाट वित्तीय सारक्षतामा योगदान पुर्याउँदै आएको सञ्चार गृह ‘क्यापिटल न्युज नेटवर्क प्राइभेट लिमिटेड’ आजबाट ७ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ। क्यापिटल न्युज नेटवर्क प्रालि २०७४ साल पुस १७ गते अर्थात् १ जनवरी २०१८ मा स्थापना भएको हो।

बीमा क्षेत्रको व्यावसायिक प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर बीमा शिक्षा, जागरण, समाचार, विचार, विश्लेषण र आलोचनात्मक टिप्पणी पस्किने न्युज पोर्टल ‘इन्स्योरेन्स खबर डटकम’को प्रवर्द्धक कम्पनी क्यापिटल न्युज नेटवर्क हो। आठौँ वर्ष प्रवेशको शुभारम्भमा यस कम्पनीलाई यहाँसम्म ल्याई पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण पाठक, बीमा कम्पनी, नियामक निकाय, शुभेच्छुकमा कृतज्ञतासहित हार्दिक आभार प्रकट गर्दछौँ।

Esewa
Crest

वित्तीय सेवाको क्षेत्रमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै ग्राहक र बीमितलाई सेवा–सुविधामा पहुँच सहज बनाउँदै लगेको छ। ‘हरेक सिक्काको दुई पाटा’ भनेझैँ वित्तीय सेवामा प्रविधिको बढ्दो प्रयोगका पछाडि केही जोखिम र विकृति पनि छन्। कमजोर डिजिटल वित्तीय साक्षरताका कारण उपभोक्ता ठगिने, डिजिटल अरेस्ट (अभौतिक रुपमा आफ्नो वित्तीय खाताको सम्पूर्ण नियन्त्र गुमाउने, पैसा गुमाउने) मा फस्ने जोखिम पनि बढ्दै गएको छ।

छिमेकी मुलुक भारतमा डिजिटल अरेस्टका घटना डरलाग्दो संख्यामा बढ्दै गएको छ। नेपालमा पनि नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार डिजिटल अरेस्ट वा डिजिटल स्क्याममा फस्दै जानेको संख्या थपिँदो छ। यो अवस्थामा आमउपभोक्तालाई सूचना प्रविधिका माध्यमबाट डिजिटल वित्तीय सेवा प्रयोग गर्दा के गर्ने र के नगर्ने सम्बन्धमा डिजिटल माध्यमबाटै घर–घरसम्म सन्देश प्रवाह गर्न जरुरी छ।

वार्षिकोत्सवका अवसरमा क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले समग्र वित्तीय साक्षरतासँगै बीमा क्षेत्रको प्रवर्द्धनका लागि जिम्मेवार सञ्चारगृहका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष भण्डारीले कम्पनीलाई थप उचाइमा लैजान आमपाठक, वित्तीय संस्था र नियामक निकायको सुझाव, विज्ञापनदाता, सहकर्मी र शुभेच्छुकको अमूल्य सुझाव र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS