नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठ र बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्र पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराँदा विशेष छुट पाउने व्यवश्था गरिएका छ । सिटिजन्स बैंकले हाल ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
क्यान्सर हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
