IME Life New

क्यानडा र मेक्सिकोमा लगाइएको २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत ट्यारिफ छुट दिने निर्णय गरेका छन्।

दुई दिनमा यो दोस्रो पटक हो कि ट्रम्पले अमेरिकाका दुई ठूला व्यापारिक साझेदारबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको हो। यो निर्णयले व्यापार र चिन्तित वित्तीय बजारहरुका लागि अनिश्चितता बढाएको छ। ट्रम्पले बुधबार कार उत्पादकहरुलाई २५ प्रतिशत आयात शुल्कबाट अस्थायी रुपमा छुट दिने बताए।

Esewa
Crest

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस कदमका लागि ट्रम्पलाई धन्यवाद दिए। जब कि क्यानाडाले भने कि देशले अमेरिकी उत्पादनमा प्रतिशोधात्मक ट्यारिफको दोस्रो चरणलाई तत्कालका लागि स्थगित गर्ने जनाएको छ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग ट्यारिफका बारेमा चाखलाग्दो फोन वार्तालाप गरेका थिए। ट्रुडोले केही राहत भए पनि भविष्यमा व्यापारलाई लिएर दुई सहयोगीबीच द्वन्द्वको सम्भावना अझै रहेको बताएका छन्।

कार निर्माता र कार पाट्र्स आपूर्तिकर्तालाई मद्दत गर्ने उद्देश्यले मेक्सिकोका राष्ट्रपति शेनबाउमसँगको फोन कलपछि ट्रम्प अप्रिल २ सम्म छुटहरु कायम रहनेमा सहमत भएको बताए। ह्वाइट हाउसका एक अधिकारीले मेक्सिकोबाट हुने अमेरिकी आयातको ५० प्रतिशत र क्यानडाबाट हुने ६२ प्रतिशत आयातमा शुल्क अझै कायम रहने बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS