IME Life New

कोशी र बाग्मती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधबार छिटपुट भएको वर्षा शनिबार सबेरै देखि दर्किन थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेखि बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

यसैगरी मधेश प्रदेशका केही स्थानमा वर्षा हुँदैछ। अन्य प्रदेशमा समेत वर्षा र मेघ गर्जन सहित चट्याङ्ग पर्ने सम्भावना छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा भारी बर्षाको पनि सम्भावना छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । दिउँसो वर्षा बढ्ने संभावना छ।

Esewa
Crest

कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिमबाट मनसुन बाहिरिनुपूर्व देशभर वर्षा भएको हो । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ ।

भारतको उत्तर पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर शुक्रबारसम्म रहने सम्भावना छ ।

असोज १० देखि १२ गतेसम्म भएको भारी वर्षाले माटो खुकुलो भएको जमिनमा यो वर्षाले थप क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मौसमविदले अनुरोध गरेको छ । प्राधिकरणले १८ गतेसम्म सतर्कता अपनाउन सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS