IME Life New

कोशी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । बढदै गएको सवारी दुर्घटना न्युनिकरण गर्न कोशी प्रदेशमा ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना १४ वटा जिल्लामा कार्यक्रम गरिएको जनाएको छ ।

ट्राफिक सप्ताह कार्यक्रममा अस्थायी प्रहरी चौकी, प्रहरी बिट र जिल्ला ट्राफिक कार्यलय खोटाङ मातहतका अस्थाई ट्राफिक प्रहरी पोष्ट हलेसी र नुनथला सात दिन बिशेषगरी सर्वसाधारणदेखि सवारी चालकलाई सवारी ध्यान दिनुपर्ने कुरा बाटो काट्दा यात्रुले अपनाउनुपर्ने सुरक्षाको विषयमा जानकारी गराएको थियो ।

Esewa
Crest

कार्यक्रममा विभिन्न किसिमका २५ वटा सवारी साधनहरुलाई बाया लेन तथा साईटलाईट को प्रयोग बारे प्रशिक्षण गरिनुका साथै स्टिकर टाँस्ने र पर्चा पम्प्लेट बितरण गरिएको थियो । त्यस्तै, जेब्राक्रसको प्रयोग बारे ३० जना तथा सुरक्षित सडक प्रयोग प्रशिक्षण अन्तर्गत २५ जना गरि जम्मा ५५ जनालाई प्रशिक्षण गरिएको थियो । भने ५० वटा पर्चा पम्प्लेट बितरण गरिएको थियो ।

त्यसैगरी ४० जना मोटरसाईकल चालक तथा गोरखनाथ गण मुडे ब्यारेकका ८० जनालाई प्रशिक्षण गरिनुका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सगँ सहकार्य गरि सडकमा राखिएका निमार्ण सामाग्रीहरु व्यवस्थापन लागि सम्बन्धित निकायलाई जानकारी गराएको थियो । चालक, सवारीसाधन प्रयोगकर्ता तथा पैदलयात्री गरि जम्मा १०७ जना लाई प्रशिक्षण साथै १७ वटा सवारीसाधनलाई अनुगमन समेत भएको थियो ।

विभिन्न किसिमका १० वटा सवारीसाधन यान्त्रिक परिक्षण तथा २७ जना चालकहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै चालकको दृष्टिलाई असर गर्ने गरि राखिएका १५ वटा सवारीसाधनको झलरहरु हटाएको थियो ।

लागूऔषधी सेवनको चेकजाँचको सुरुवातसँगै १२ जना सवारी चालकहरुलाई मा।प।सेसमेत चेकजाचँ गरिएको थियो । जिल्ला ट्राफिक व्यवस्थापन प्रमुख हिमाल पौडेल प्रस्तुत गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय खोटाङ तथा विभिन्न सरोकारवाल निकायहरु जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी भोजराज अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख मञ्जिल मुकारुङ जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, पत्रकार महासंघ खोटाङ जिल्ला सदस्य दिनराज कार्की, उधोग बाणिज्य संघ खोटाङ अध्यक्ष राजन प्रसाद आचार्य यातायात प्रा।लि महासचिव राम हिमाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख हिमाल पौडेल लगायतको उपस्थितिमा खोटाङ ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS