IME Life New

कोशी प्रदेश बीमा प्राधिकरणद्वारा यातायात व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशद्वारा विभिन्न यातायात व्यवसायीहरुसँग बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व कोशी प्रदेश प्रमुख कुन्दन सापकोटाले गरेका थिए ।

कार्यक्रम यातायात व्यवसायीहरुले बीमा सम्बन्धी भोग्ने गरेका विभिन्न झन्झट,समस्याहरु, बीमा दाबी फर्छ्यौट सम्बन्धित जन चेतना, कानुनी व्यवस्था तथा यातायात ब्यबसायीहरुलाई बीमा सम्बन्धित आवश्यकता जस्ता समसामयिक विषयमा निर्जिवन कम्पनीका बीमक प्रादेशिक प्रमुख , बीमा प्राधिकरण र यातायात ब्यबसायी तिन पक्ष आपसमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा बीमा प्राधिकरणको तर्फबाट कोशी प्रमुख कुन्दन सापकोटा,सहायक निर्देशक द्वय मेलिना खरेल,पुष्पा खनाल ज्युको समेत सहभागी रहेको थियो।

Esewa
Crest

यातायात ब्यबसायीहरुको तर्फबाट नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष विध्यापति घिमिरे,नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिजाल,तथा संयोजक सरोज श्रेष्ठ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सल्लाहकार गोपाल श्रेष्ठ, तथा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ को अध्यक्ष मदन खतिवडा,र भ्यालुटर सघ,निसाको अध्यक्ष ललित कायस्थको‌ सम्मानित उपस्थित रहेको थियो।‌

कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण कोशी प्रमुख कुन्दन सापकोटाले बीमा गास बास कपास जस्तो अनिवार्य आवश्यकता पछि बीमा पनि त्यति कै आवश्यकताको चिज भैसकेको बताए।‌ यो कार्यक्रमले यातायात ब्यबसायी र बीमक कम्पनीहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए । त्यस्तै, यातायात ब्यबसायीहरुको तर्फबाट बीमा गर्न बीमकले जति चाडो गरेर सुविधा दिए जस्तो दाबी भुक्तानीमा‌ पनि त्यत्तिकै चाडो गरिदिए सम्पुर्ण यातायात ब्यबसायीहरुलाई राहत हुने कुरा जानकारी गराए ।

त्यस्तै, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ को अध्यक्ष मदन खतिवडाले यस्तो कार्यक्रमले यातायात ब्यबसायीहरु र बीमाकहरुबिच अझ पारस्परिक सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए । दाबी भुक्तानीमा सहि दाबी नआउदा भुक्तानी प्रकृयामा केहि असहज हुने गरेको केहि दाबीहरु नाफा राख्ने उदेश्यले आउने गरेको पाइएकाले दाबी प्रकृयामा अनुसन्धान प्रक्रिया लम्बिने गरेको बताए । सहि दाबीहरु बीमकहरुले चाडो भन्दा चाडो प्रकृया अगाडि बढाइ भुक्तानी प्रकृया समेत सिघ्र हुने गरेको जानकारी दिए ।

त्यसैगरि बीमा प्राधिकरणको‌ कोशी प्रदेशमा स्थापना भए पश्चात बिभिन्न क्षेत्रमा समेटेर अति नै सान्दर्भिक कार्यक्रम हुने गरेको र यस्ता कार्यक्रमले निरन्तर आयोजना गर्न र यसका लागि निप्स सदैव हातेमालो गर्न तयार रहेको निप्सका महासचिव गणेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS