IME Life New

कोशी प्रदेशमा बजेट सम्बन्धी अध्यादेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश सरकारले आज भदौ २४ गते बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेको हो ।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शनिबार सिफारिस गरेको थियो ।

Esewa
Crest

यसअघि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक निवर्तमान मुख्यमन्त्री उद्धव थापाले ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS