IME Life New

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको छ । उनले प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका थिए ।

प्रदेश सभामा कुल ९३ सांसद रहेका छन्, जसमध्ये बैठकमा ८९ जना मात्रै सहभागी थिए । कार्कीले मागेको मतमा ४६ मत पक्षमा र विपक्षमा ४३ मत परेको थियो ।

Esewa
Crest

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् । कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS