IME Life New

कोरोना महामारीले विश्व बीमा व्यवसायमा २४३ खर्ब रुपैयाँ क्षति पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका कारण विश्वभरको बीमा व्यवसायले कूल २४३ खर्ब नेपाली रुपैयाँ बराबरको क्षति पुग्ने अनुमान अन्तर्राष्ट्रिय विश्लेषकहरुले गरेका छन् । द एशिन बैंकरमा प्रकाशित एक लेखमा १०७ बिलियन डलर बराबर रुपैयाँको दावी भुक्तानी र क्यापिटल इन्भेष्टमेन्ट पोर्टफोलियो लस ९६ बिलियन डलरसहित कूल २०३ बिलियन अर्थात नेपाली रुपैयाँ २४३ खर्ब रुपैयाँभन्दा बढिले क्षति हुने अनुमान गरिएको छ ।

गत मे १५ मा प्रकाशित सो लेखमा अण्डरराईटिङ लस र इन्भेष्टमेन्ट पोर्टफोलियो लस गरी दुई भागमा विभाजन गरेर विश्लेषण गरिएको छ । कोरोना महामारीले मानवीय र सामाजिक संकट मात्रै ल्याउने नभई आर्थिक अवस्थालाई स्तब्ध पार्ने समेत उल्लेख गरिएको छ ।
सोमबार इन्स्योरेन्स इन्स्टीच्युटले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सिंगापुरका एक पुनर्बीमा बिज्ञले १०० बिलियन डलर बराबर अण्डराईटिङ पर्ने अनुमान रहेको र यसले विश्व बीमा बजारमा ठूलो क्षति पुर्याउने विश्लेषण गरेका थिए । यद्यपि दक्षिण पूर्वी एसियाका बीमा बजार विश्व बीमा बजारको तुलनामा निकै कम प्रभावित हुने विश्लेषण गरिएको छ । अमेरिकी, बेलायत र युरोपेली बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीहरु अत्याधिक मारमा पर्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

Esewa
Crest

त्यस्तै, बीमा क्षेत्रको क्रेडिट रेटिङ गर्ने ग्लोबल कम्पनी फिचले पनि कोरोनाको कारण विश्व आर्थिकबृद्धिदर माईनस १.९ प्रतिशत हुने भन्दै बीमा बजार ध्वस्त हुने चेतावनी दिइसकेको छ । फिचले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा पीडादायी अवस्थामा आर्थिक क्षेत्र पुग्ने विश्लेषण गर्दै बीमा दावी भुक्तानी पनि बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुका लागि इतिहासकै पीडादायी हुने उल्लेख गरेको छ ।

गत अप्रिल २ मा आयोजना गरिएको वेभनार प्लेटफर्मको अन्तरक्रिया कार्यक्रममा ठूलो मात्राको बीमा दावी, उद्योग, व्यवसायी धरासायी भई बीमा शुल्क आर्जनमा न्यूनता, बैंकहरुले निक्षेपमा घटाउने ब्याजदर आदिका कारण बीमा कम्पनीहरुले नसोचेको क्षति व्यहोर्नुपर्ने निष्कर्ष निकालिएको इन्स्योरेन्स बिजनेस म्यागले अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

हाल अनुमान गरिएको २४३ खर्बको बीमा दावी पछिल्ला दिनमा भारतमा बढ्दै गएको कोरोना भाइरसको प्रकोपसँगै थप बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS