IME Life New

कोरोना बीमाको औपचारिक रुपमा शुभारम्भ, बीमा समितिका अध्यक्ष चापागाँईले परिवारकै बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जारी गरेको नयाँ बीमा पोलिसी ‘कोरोना बीमा’ को औपचारिक रुपमा सुरु गरिएको छ । बीमा समितिमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले पहिलो बीमा पोलिसी खरिद गरेर कोरोना बीमाको औपचारिक रुपमा सुरु गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईलाई जीवन बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले बीमा पोलिसी हस्तान्तरण गरेर कोरोना बीमाको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

कोरोना बीमाको औपचारिक रुपमा शुभारम्भ गर्दै बीमा समितिका अध्यक्ष चापागाँईले भने, ‘कोरोनाबाट जनतालाई राहत दिन आजबाट कोरोना भाइरस (कोभिड–१९) बीमा औपचारिक रुपमा सुरुवात गरिएको छ ।’ अध्यक्ष चापागाँईले कोरोना भाइरस रोगको बीमा बीमा क्षेत्रले नेपाली समाजलाई दिएको एउटा सहयोग भएको बताए । उनले भने, ‘समाजप्रति बीमा क्षेत्रको सामाजिक दायित्व पनि छ, बास्तवमा महामारीको बीमा हुँदैन यो सबैलाई थाहा भएकै कुरा हो । यति हुँदा हुँदै पनि यो मानवीय संकटमा सिंगो बीमा क्षेत्रले कसरी सहयोग गर्न सक्छ भनेर छलफल पश्चात नेपाली बीमा कम्पनी, पुनर्बीमा कम्पनीसहितको हाम्रो आफ्नो क्षमता अनुसारको कोरोना बीमा पोलिसी जारी गरेका हौं ।’ अध्यक्ष चापागाँईले विदेशी पुनर्बीमा कम्पनीले कोरोनाको बीमा नगर्ने हुँदा नेपाली पुनर्बीमा कम्पनी तथा अन्य निर्जिवन बीमा कम्पनीहरुले सामूहिक रुपमा जोखिम बहन गरिएको बताए ।

कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सामाजिक दुरी कायम गर्दै संक्षिप्त रुपमा आयोजित कार्यक्रम बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत उपस्थित थिए ।

पुलमार्फत सञ्चालन हुने कोरोना बीमा जुनसुकै कम्पनीले जति गरेपनि जोखिम बहन र आम्दानीको हिस्सा भने पुल सिद्धान्तको आधारमा तय हुनेछ । अध्यक्ष चापागाँईको दम्पत्तिसहित दुई जनाको कोरोना रोगको बीमा सगरमाथा इन्स्योरेन्समार्फत गरिएको छ । उनले एक हजार दुई सय शुल्क र २० रुपैयाँ टिकटको पैसा तिरेर सो बीमा पोलिसी लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS